बर्दियामा सभापतीका लागी ६ जना आकांक्षी


बर्दियामा सभापतीका लागी ६ जना आकांक्षी

काँग्रेस बर्दिया जिल्ला सभापतिका लागी दावेदारहरु । तस्विर : दीपक शर्मा सेतोखरी

बर्दिया ३ असोज : आसन्न नेपाली काँग्रेसको १४ औं महाधिबेसनका लागि बर्दियामा नेता तथा कार्यकर्ताहरुबीच दौडधुप बढेकोछ । भोली असोज ५ गते हुने जिल्ला अधिबेसनको तयारी लगभग पुरा भएको छ । तर, महाधिबेसनका लागि भन्दै नेता तथा कार्यकर्ताको धौडधुप बढेकोछ ।

काँग्रेस महाधिबेसनको सरगर्मीले यतिबेला बर्दिया काँग्रेस नेता तथा कार्यकर्तालाई छोएकोछ । यही दौडधुपमा काँग्रेस बर्दियाको सभापतिका लागि ६ जनाको नाम चर्चामा आएकोछ । यद्यपी मंगलबार हुने महाधिबेसनले त्यसको निक्र्यौल गर्नेछ ।

जिल्ला सभापतिका लागी पुर्व सभापति अरुण राठौर, सोदे विष्ट, जन्मजय तिमिल्सिना, पुर्व सचिवद्वय विद्याप्रसाद खनाल, तेजबहादुर भाट र जग्गा प्रसाद पाण्डेको नाम चर्चामा आएको ।

यस मध्ये अरुण राठौर दुइ पटक पार्टी सभापति भैसकेका व्यक्ति हुन् भने अन्यले पार्टीको नेतृत्व लिने मौका पाएका छैनन् । जन्मजय तिमिल्सिना २०४९ सालमा नेपाल विद्यार्थी संघ बर्दियाको उपाध्यक्ष हुँदै कार्यबहाक अध्यक्ष तथा नेपाल तरुण दलको केन्द्रिय सदस्य हुँदै कार्यबहाक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिसकेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

हाल नेपाली काँग्रेसको महासमिति सदस्य तथा केन्द्रिय संगठन विभागका सदस्य समेत रहेका जन्मजय तिमिल्सिनाले कोभिड–१९ को महामारीको अवस्थामा आफ्नो व्यक्तिगत पहलमा कोभिड स्वास्थ्य सामाग्री तथा सयौं बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका थिए । सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाएका तिमिल्सिनाको पल्ला भारी देखिन्छ ।

‘नेपाली काँग्रेसको कार्यकर्ताहरुका अनुसार विद्याप्रसाद खनालले खेमा परिवर्तन गरेका कारण उनको पनि जिल्लामा पल्ला भारी भएको बताउँछन । तर, ठ्याकै भन्न नसकिने अवस्था रहेको छ’–एक कार्यकर्ताले बताइ ,
त्यसो त तेजबहादुर भाटको पनि चर्चा राम्रै छ । तर, दुवै जना एउटै खेमाका भएका कारण अन्यले फाइदा लिने सम्भावना पनि रहेको छ ।

अरुण राठौर निर्वाचन नलडेको खण्डमा जन्मजय तिमिल्सिना, विद्याप्रसाद खनाल, सोदे विष्ट, तेजबहादुर भाट तथा जग्गा पाण्डेविच निकै कडा प्रतिस्पर्धा हुने कार्यकर्ताको अनुमान रहेको छ । विद्या प्रसाद खनाल देउवा खेमाका थिए । तर, अहिले रामचन्द्र पौडेलको खेमामा गएका छन् । त्यसमा वर्तमान सभापति सञ्जय गौतमको साथ र सहयोग छ ।

गौतम, पौडेल खेमाका हुन् । उता राजनीतिमा लागेदेखि नै रामचन्द्र पौडेलको खेमामा रहेका तेजबहादुर भाटको पनि पल्लामा चर्चा राम्रो छ । अरुण राठौर देउवा खेमाका हुन् ।

नेपाली काँग्रेसको विधान अनुसार लगातार दुइ कार्यकाल सभापति भैसकेका पुनः निर्वाचनमा उठन नपाउने भएका कारण वर्तमान सभापति सञ्जय गौतमले आफनो अनुकुलको व्यक्तिलाई सपोर्ट गर्ने प्रष्ट देखिन्छ ।

नेपाली काँग्रेसको विधान अनुसार क्रियाशिल सदस्यले वडा कार्यसमिति क्षेत्रिय समिति चयन गर्नेछन । भने क्षेत्रिय प्रतिनिधिले नगर, प्रदेश तथा जिल्ला कार्यसमिति चयन गर्नेछन् । क्रियाशिल सदस्यको सख्या अनुसार क्षेत्रिय प्रतिनिधि छनोट गरिने नियम रहेको छ ।

दुई वटा संघीय क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर–१ मा गंगाधर पौडेल र भुवनेश्वर चौधरीको नाम चर्चामा आएको छ । भने क्षेत्र नम्बर–२ मा कमलप्रसाद रेग्मी, रामचन्द्र थापा, दिपक जंग शाहको नाम चर्चामा आएको छ । अहिले क्षेत्र नम्बर १ मा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव र क्षेत्र नम्बर–२ मा दिपकजंग शाह क्षेत्रिय सभापति हुन् ।

आठ वटा स्थानीय तह रहेको बर्दियामा ६ वटा नगरपालिका र २ वटा गाउँपालिका मध्ये गुलरिया नगरपालिकामा राजकुमार यादव, अनुप यादव र सुधाम्सु शर्माको नाम नगर सभापतिको लागी चर्चामा छ । बारबर्दिया नगरपालिकामा अमृत ढकाल र सुरेन्द्र बोहराको नाम चर्चामा छ ।

यसैगरी गेरुवा गाउँपालिकाको अध्यक्षमा दरवारी थारु, प्रेम रावल र उमाकान्त धितालको नाम चर्चामा रहेको छ । ठाकुरबाबा नगरपालिकामा विपि भण्डारी र पदम खड्काको नाम चर्चामा रहेको छ ।

राजापुर नगरपालिकामा धनिराम गीरी, महेश चौधरी र विष्णु प्रसाद थारुको नाम चर्चामा रहँदा यता मधुवन नगरपालिकामा बलिराम थारु, अर्जुन केसी, लक्ष्मण पाण्डे र प्रेमबहादुर गरुङ्गको नाम चर्चामा रहेको छ ।

बाँसगढि नगरपालिकामा बलिराम थारु, लोक प्रसाद शर्मा र लोहारी थारुको नाम चर्चामा रहँदा बढैयाताल गाउँपालिकाको लागी मानबहादर बुढा र टुकराज घिमिरेको नाम चर्चामा रहेको छ ।

बारबर्दिया नगरपालिका नगर सभापतिका लागी पहिलो पटक उमेदवारी घोषणा गरेका अमृत ढकालले सांगठनिक रुपमा अग्रजहरुको पार्टीप्रति लगानी उहाँहरुको सम्मान राख्दै आन्तरिक मतअभिमतलाई सम्बोधन गर्न र प्रतिपक्षसंग शसक्त रुपमा लड्नका लागी आफुले नगर सभापतिको लागी उमेदवारी घोषणा गरेको बताए ।

बर्दियामा नयाँ क्रियाशिल सदस्यता वितरण तथा पुरानो सदस्यता नविकरणका विषयमा केहि विवाद देखिएको थियो । विवादबिच ढिलो गरी नयाँ सदस्यता वितरण तथा नविकरण भइसकेकोछ । काँग्रेसको १४ महाधिबेशनलाई सफल पार्नका लागी यसलाई पर्वको रुपमा लिन आग्रह गर्दै जिल्ला सचिव जिवन मल्लले एकता र सर्वसम्मतको महाधिबेशन हुनेमा आफु विश्वस्त रहेको बताए ।

सबै आफ्नो तवरबाट जुटनुर्पे बेला आएको बताउदै सभापति पदका दाबेदार जन्मजय तिमिल्सिनाले आपसी सद्भावसहित स्वच्छ साथै मुस्कान सहितको प्रतिस्पर्धाको निम्ति सबै तयार हुनुपर्ने बताए ।

पछिल्लो पटक नेपाली जनताले नेपाली काँग्रेसबाट धेरै अपेक्षा गरेको दावि गर्दै तिमिल्सिनाले त्यो गरिमा कायम राख्नुपर्ने जिम्मेवारी पनि हामीसंगै रहेको बताए ।

बर्दियामा नेपाली काँग्रेसले करिब ६ हजार नयाँ क्रियाशिल सदस्यता थपेको छ । यो सहित बर्दियामा नेपाली काँग्रेसको क्रियाशिल सदस्य सख्या करिब १३ हजार पुगेको छ ।