काठमाडौंमा १३ जुवाडे पक्राउ, १८ लाख ७५ हजार नगद बरामद


काठमाडौंमा १३ जुवाडे पक्राउ, १८ लाख ७५ हजार नगद बरामद

नेपालगन्ज ७ असोज : काठमाडौंस्थित नेपाल प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका जुवाडेसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको बस्नेतले बताए ।

पक्राउ परेका ब्यक्तिसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।