बनियानी (झापा) : झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले गएराति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११, बसपार्कस्थित एक होटेलबाट पाँचथर, फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उनले बताए ।
त्यस्तै, बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदानछेउबाट भारत, दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । -रासस
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही