File Photo
नेपालगन्ज ११ असोज : विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गराइएको छ ।
सोमबार विहान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतण भएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो । जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ ।
त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गराइएपछि बुद्ध एयरको ७०१ विमानमा चालक दलका सदस्यसहित ७७ जना सुरक्षित रहेका छन् । ४ जना चालक दलका सदस्य रहेको विमानमा ७३ यात्रु थिए जसमा २ बालबालिका र ३ शिशु रहेका थिए ।
विराटनगरमा अवतरण गर्ने क्रममा ल्याण्डिङ गियरमा समस्या देखिएपछि विमान काठमाडौं फर्काइएको थियो । समस्या देखिएपछि काठमाडौंको आकाशमा आधा घण्टा होल्ड भएको बुद्ध एयरले जनाएको छ ।
समस्या पहिचान भएसँगै चालकले १० बजेर २१ मिनेटमा विमान सकुशल अवतरण गरिएको र यात्रुहरु सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही