नेपालगन्ज ११ असोज : नेपाल औषधि व्यवसायी संघ बाँके शाखाले आफ्ना व्यवसायीहरुको दुर्घटना बीमा गरेकोछ ।
संघमा अबद्ध व्यवसायीहरुका लागि २ लाखको दुर्घटना बीमा गरिएको हो । यसका लागि संघले सिद्धार्थ इन्स्योरेन्ससंग समन्वय गरि उक्त दुर्घटना बीमा गरेकोछ ।
सोमबार संघका अध्यक्ष वसन्त कुमार शर्मा र इन्स्योरेन्सका सहायक महा–प्रबन्धक नवराज पराजुलीबीच दुर्घटना बीमा सम्झौतामा हस्ताक्षर भएको संघका महासचिव जीवन शर्माले जानकारी दिए ।
उनका अनुसार संघमा अबद्ध व्यवसायीलाई लक्षित गर्दै दुर्घटना बीमा योजना अघि सारेको हो । उनले संघमा आबद्ध हुन तथा नविकरण गराउन छुट भएका व्यवसायीलाई आबद्ध हुन र नविकरण गराई बीमा योजनाको लाभ लिन आग्रह गरेकाछन् ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू