संघद्वारा व्यवसायीहरुको दुर्घटना बीमा


संघद्वारा व्यवसायीहरुको दुर्घटना बीमा

नेपालगन्ज ११ असोज : नेपाल औषधि व्यवसायी संघ बाँके शाखाले आफ्ना व्यवसायीहरुको दुर्घटना बीमा गरेकोछ ।

संघमा अबद्ध व्यवसायीहरुका लागि २ लाखको दुर्घटना बीमा गरिएको हो । यसका लागि संघले सिद्धार्थ इन्स्योरेन्ससंग समन्वय गरि उक्त दुर्घटना बीमा गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सोमबार संघका अध्यक्ष वसन्त कुमार शर्मा र इन्स्योरेन्सका सहायक महा–प्रबन्धक नवराज पराजुलीबीच दुर्घटना बीमा सम्झौतामा हस्ताक्षर भएको संघका महासचिव जीवन शर्माले जानकारी दिए ।

उनका अनुसार संघमा अबद्ध व्यवसायीलाई लक्षित गर्दै दुर्घटना बीमा योजना अघि सारेको हो । उनले संघमा आबद्ध हुन तथा नविकरण गराउन छुट भएका व्यवसायीलाई आबद्ध हुन र नविकरण गराई बीमा योजनाको लाभ लिन आग्रह गरेकाछन् ।