बर्दियाका ४ पालिकामा देउवा खेमा विजयी, मधुवनमा निर्वाचन भएन


बर्दियाका ४ पालिकामा देउवा खेमा विजयी, मधुवनमा निर्वाचन भएन

बर्दिया १२ असोज : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बर्दियामा ८ वटा पालिका मध्ये चार वटा पालिकामा देउवा पक्षले विजय प्राप्त गरेको छ । ३ वटामा पौडेल पक्ष तथा एउटा पालिकाको नगर अधिबेशन भने स्थगीत गरिएकोछ ।

देउपा पक्षले गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा विजयी हाँसिल गरेको छ । भने बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा पौडेल पक्षले विजयी हाँसिल गरेको छ ।

मधुवन नगरपालिका वडा नम्बर–३ को क्रियाशिल सदस्यता वितरण सम्बन्धि विवादका कारण नगर अधिबेशन समेत स्थगित भएको छ ।

जिल्लाको पुरानो नगरपालिका गुलरिया नगरपालिकामा इन्द्र यादव बिजयी भएकाछन् । उनलाई देउवा खेमाबाट नगर प्रमुख मुक्तिनाथ यादवको समर्थन रहेको थियो । राजापुर नगरपालिकामा देउवा खेमाकै महेश थारु विजयी हुँदा गेरुवा गाँउपालिकामा प्रेम रावल निर्विरोध चयन भए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बारबर्दिया नगरपालिकामा सुरेन्द्रबहादुर बोहरा तथा बढैयाताल गाँउपालिकामा भगतराम नेपाली विजयी भए । बाँसगढी नगरपालिकामा लोहारी थारु विजयी भए । भने ठाकुरबाबा नगरपालिकामा पदमबहादुर खडका विजयी भए ।

यो संगै अब हुने प्रादेशिक र संघीय निर्वाचन सहमतिमा हुने सम्भावना टरेको छ । जिल्ला सभापतिका लागी ६ जनाले आकाक्षी देखाएपनि देउवा खेमा र पौडेल खेमा विचको पछिल्लो अवस्था पानि बाराबारको अवस्थामा पुगी सकेको छ ।