बाँके प्रहरीको सरप्राईज छड्के जाँचमा १७ प्रहरी जिल्ला तानिए


बाँके प्रहरीको सरप्राईज छड्के जाँचमा १७ प्रहरी जिल्ला तानिए

नेपालगन्ज १३ असोज : सीमा क्षेत्रमा आवतजावत ब्यवस्थापन गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार १७ जना प्रहरीलाई तानेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पूर्ण केसी बाहेक अन्य १७ जनालाई जिल्लामा तानेर उनीहरुको ठाउँमा नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘सीमा क्षेत्रको गुनासो धेरै आएपछि म र एसपी साब आफै मुख छोपेर सिभिल डे«समा खटिएका थियौं, आफ्नै आँखाले नराम्रो दृश्य देखेपछि त्यहाँ रहेका १७ जना प्रहरीलाइ एक घण्टामै फेरबदल गर्यौं,’ उनले भने ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज केसी पनि विशेष निगरानीमा रहेको डिएसपी न्यौपानेले बताए । सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय बाँकेले सादा पोशाकमा छुट्टै प्रहरी पनि खटाएको उनले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

भर्खरै मात्र चाडबाड लक्षित विशेष सुरक्षा योजनाभित्रको सरप्रराईज छड्के जाँचमा उनीहरु परेका हुन् ।

‘भारतबाट आउने नेपालीलाई सताउन सीमा क्षेत्रमा अटोरिक्सा, होटलवाला र विचौलिया जाँदा रहेछन्, गलत काममा संलग्न त्यस्ता ब्यक्तिलाई हामीले पक्राउ गरेका हौं,’ उनले भने । होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाले नेपालीलाई ठग्ने गरेको गुनासो बढ्दै आएको छ ।

कतिपय यात्रुसँग जमुनाहादेखी बसपार्कसम्मको भाडा ७ सय रुपैयाँ सम्म लिएको गुनासो बढेको छ ।