गुल्मी १४ असोज : चट्याङ लागेर एक टोलका ९ जना घाइते भएकाछन् ।
गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका हुन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ ।
इस्मा गाउँपालिका वडा नम्बर–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाको साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो ।
भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए ।
घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भइरहेको छ । २४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली (क) १९ वर्षीया लक्ष्मी नेपाली (ख) २२ वर्षीया सीता नेपाली, ४५ वर्षीय तेजबहादुर नेपाली, वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ । चट्याङ लागेर घाइते भएका तेजबहादुर नेपालीको एउटा गोरु पनि मरेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही