नेपालगन्ज १५ असोज : ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा नयाँ ईन्चार्ज आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायब निरीक्षक(सई) मीनबहादुर विष्टलाई जमुनाह प्रहरीको जिम्मेवारी दिएपछि उनी त्यहाँ गएका हुन् ।
बाँके प्रहरीले जमुनाहका प्रहरी नायब निरीक्षक (सई) पूर्ण खत्रीलाई कारबाही गरि जिल्ला तानेपछि उनको ठाउँमा नयाँ इन्चार्जका रुपमा सई विष्टलाई जिम्मेवारी दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले जमुनाहबाट सई खत्रीलाई हटाई विष्टलाई इन्चार्जको जिम्मा दिएको बताए ।
सेतोखरीसंग कुरा गर्दै उनले भने–‘जमुनाह प्रहरीको इन्चार्जका रुपमा सई विष्टलाई खटाइएकोछ । आज(शुक्रबार) बिहान ११/१२ बजे नै सीमाको कमाण्ड सम्हाल्न सीमा पुगिसक्नु भयो ।’
जमुनाह प्रहरीको नयाँ इन्चार्जको कमाण्ड सम्हालेका सई विष्ट यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत थिए ।
भारतबाट घर फर्कने नेपालीबाट पैसा असुलेको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बुधबार १७ जना प्रहरीलाई जिल्ला तानी सई खत्रीलाई उन्मुक्ति दिएको समाचार सेतोखरीले प्रकाशित गरेपछि सई खत्रीलाई जमुनाहबाट हटाइएको हो ।
नेपालीबाट सीमाक्षेत्रमा पैसा असुलेको भनि बाँके प्रहरी प्रमुख अधिकारीले १७ जना प्रहरीलाई मात्र जिल्ला तानि सई खत्रीलाई केही नगरेपछि सर्वत्र विरोध भइरहेको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा १७ जना प्रहरीलाई कारबाही गर्दा ईन्चार्ज सई खत्रीलाई पनि कारबाही गरिनुपर्ने भन्दै बाँके प्रहरीले विभेद गरेको भनि विरोध भएपछि सई खत्रीलाई पनि माथिकै निर्देशनमा जमुनाहबाट हटाइएको हो ।
यसैबीच, भन्सार प्रहरीको जिम्मेवारीमा रहेका अनुरुप ऐरीको ठाउँमा लिला विक आएकाछन् । विकले पनि आज नै जिम्मेवारी सम्हालेकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही