नेपालगन्ज १६ असोज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।
भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।
बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले दिउँसो उद्धार गरेका हुन् ।
बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए ।
जंगलमा रहेकाले कर्मचारीसँग मोबाइल फोनमा सम्पर्क हुन नसकेको उनले बताए ।
यो पनि पढ्नुहोस्
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग