पाटेबाघको आक्रमणबाट बच्न रुखमा चढेका तीन जनाको सकुसल उद्धार


पाटेबाघको आक्रमणबाट बच्न रुखमा चढेका तीन जनाको सकुसल उद्धार

नेपालगन्ज १६ असोज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।
बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले दिउँसो उद्धार गरेका हुन् ।

बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए ।

जंगलमा रहेकाले कर्मचारीसँग मोबाइल फोनमा सम्पर्क हुन नसकेको उनले बताए ।

यो पनि पढ्नुहोस्

पाटेबाघले मान्छे घेरेपछि ज्यान बचाउन रुखमा