सर्पले डस्दा महोत्तरीमा किशोरको मृत्यु


सर्पले डस्दा महोत्तरीमा किशोरको मृत्यु

जलेश्वर(महोत्तरी) १७ असोज : महोत्तरी गाउँपालिका–२ अनैठामा गए राति एक किशोरको सर्पले डसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

ओछ्यानमा सुतिरहेका अवस्थामा उनलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो ।

केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा उनको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ । -रासस