जलेश्वर(महोत्तरी) १७ असोज : महोत्तरी गाउँपालिका–२ अनैठामा गए राति एक किशोरको सर्पले डसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
ओछ्यानमा सुतिरहेका अवस्थामा उनलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो ।
केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा उनको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ । -रासस
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ