नेपालगन्ज १७ असोज : लेनदेन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकोछ ।
बाँकेको जानकी गाँउपालिका वडा नम्बर–१, बस्ने ३७ वर्षिय तिलकराम अहिरलाई प्रहरीले पक्राउ गरेको हो ।
लेनदेन मुद्दामा जिल्ला अदालत बाँकेको २०७६ जेठ १५ गतेको फैसला अनुसार अहिरलाई ६ महिना कैद र ३ लाख ५० हजार जरिवाना तोकिएको छ ।
लेनदेन मुद्दामा अदालतले फैसला सुनाएपछि फरार रहेका अहिरलाई आईतबार बिहान पक्राउ गरि प्रहरील आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएकोछ ।