‘वडाअध्यक्ष गुप्ताले ‘पत्रकार हो’ भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए’

पत्रकारमाथि दुव्र्यवहार गर्ने वडाअध्यक्ष गुप्तालाई कारबाहीको माग


‘वडाअध्यक्ष गुप्ताले ‘पत्रकार हो’ भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए’

पत्रकारद्वय रविन्द्र घिमिरे र जावेद अहमद शाह ।

नेपालगन्ज १७ असोज : पत्रकारद्वय रबिन्द्र घिमिरे र जावेद अहमद शाहमाथी बाँकेको जानकी गाउँपालिका वडा नम्बर–२ को कार्यालय परिसरमा दुर्ब्यवहार एवम् भौतिक आक्रमणको प्रयास भएको छ । पत्रकारद्वय समाचार संकलनका लागि पुगेका बेला उनीहरुमाथी आईतबार दिउँसो र्दुब्यवहार हुनुको साथै आक्रमणको प्रयास भएको हो । घिमिरे माउण्टेन टेलिभिजन र शाह अनलाईन खोज खबरमा आबद्ध छन् ।

पत्रकार शाह नेपाल पत्रकार महासंघ बाँके र घिमिरे नेपाल प्रेस युनियन बाँकेको जिल्ला कार्यसमिति सदस्य पनि हुन् । फरक पार्टीमा आस्था राखेकै कारण जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले सिफारिस नदिएको भन्दै वडा कार्यालयमा स्थानीय सेवाग्राहीले शुक्रबार तालाबन्दी गरेका थिए ।

वडा कार्यालयले आईतबार जबरजस्ती ताला खोलेको विषयमा स्थानीयबीच तनाव उत्पन्न भएपछि पत्रकार घिमिरे र शाह समाचार संकलन गर्न त्यहाँ पुगेका थिए । सो क्रममा वडाअध्यक्ष गुप्ता नेतृत्वको समुहले आफुहरुमाथी दुर्ब्यवहार गर्नुका साथै भौतिक आक्रमणको प्रयास गरेको र सुरक्षार्थ खटिएका नेपाल प्रहरीका असईले समेत धक्याएको पीडितले बताएका छन् ।

वडाअध्यक्ष गुप्ताले नै ‘पत्रकार हो’ भन्ने थाहा पाउने वित्तिकै आक्रमण गर्न आफ्ना समर्थकलाई उकासेका थिए । प्रहरीका असईले पनि समाचार संकलन गरिरहेका पत्रकारलाई सुरक्षा दिनुको साटो क्यामेरा थुत्ने र गलहत्याउने काम गरेको पीडितको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त घटनाको पत्रकारका संघ, संगठनले भत्र्सना गर्दै दोषीमाथी कारबाही गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रेस युनियन बाँके र प्रेस चौतारी बाँकेले छुट्टा–छुट्टै विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानार्कषण भएको समेत जनाएका छन् ।

महासंघ बाँकेका सचिव कमल डाँगीले विज्ञप्ती जारी गर्दै समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

युनियन बाँकेका सचिव विजय मल्लले विज्ञप्ती जारी गर्दै समाचार संकलनका क्रममा वडाअध्यक्ष र प्रहरीबाट भएको दुर्ब्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय रहेको बताएका छन् ।

समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन विज्ञप्तीमार्फत जोडदार माग गरिएको छ ।

‘आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न युनियन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ सचिव मल्लद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकले समेत घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेकाछन् ।