नेपालगन्ज २३ असोज : बाँके प्रहरीले नेपालगन्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४, बुद्ध मन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका– १ का २८ वर्षीय मणिराम सुनारलाई एकथान रेडपाण्डाको छालासहित पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा पुगेको प्रहरीले सुनारले बोकेको झोला जाँच गर्दा रेडपाण्डाको छाला बरामद भएको जनाएको छ । बाँके प्रहरीले रेडपाण्डाको छाला कहाँबाट कसरी र कसलाई दिन ल्याएको भन्नेबारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।