नेपालगन्ज २३ असोजः बाँकेको कुसुममा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएकोछ ।
कारको ठक्करबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुम (चप्परगौडी) निवासी ११ वर्षीया बालिका मेनुका बिकको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कुसुमका इन्जार्ज, प्रहरी नायव निरीक्षक(सई) शरण भण्डारीका अनुसार पश्चिमबाट पुर्वतर्फ जादैँ गरेको लु ३ च ८८७ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारले शनिबार मध्यान्ह साढे १२ बजेतिर बाटोको छेउमा उभिएकी बालिकालाई ठक्कर दिँदा बालिका मेनुका गम्भीर घाइते भएकी थिइन् ।
लगत्तै बालिकालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा दिउँसो २ः३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाले जनाएको छ ।
बालिकाको मृत्यु भएपछि स्थानीय बासिन्दाले केहीबेर पुर्व–पश्चिम राजमार्ग अबरुद्ध समेत पारेका थिए । स्थानीयले दिउँसो ३ बजेबाट अबरुद्ध पारेको राजमार्ग अपरान्ह सवा ४ बजे खुलाइएको थियो । चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेका थिए ।
ठक्कर दिने कारलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिइसकेको इन्चार्ज भण्डारीले बताए । कारलाई अर्घाखाँची सन्धीखर्कका सरोज खड्काले चलाएका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही