झडपपछि अवस्था असामान्य बनेपछि मोतिपुर क्षेत्रमा कर्फ्यू जारी


झडपपछि अवस्था असामान्य बनेपछि मोतिपुर क्षेत्रमा कर्फ्यू जारी

नेपालगन्ज २४ असोज : बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।

बुटवल उपमहानगरपालिकाको वडानम्बर १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि आइतबार सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएपछि स्थिति झन् तनावग्रस्त हुने देखिएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पूर्वमा तिनाउ नदी (बुटवल–१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भाग (धन्दापुर सौंरहिया)सम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हो ।