बागेश्वरी मन्दिरका मुल महन्तले समाचार संकलन गर्न पत्रकारलाई दिएनन्

कान्तिपुर टिभिका पत्रकारद्वय पाण्डे र जिसीमाथी दुर्ब्यवहार


बागेश्वरी मन्दिरका मुल महन्तले समाचार संकलन गर्न पत्रकारलाई दिएनन्

नेपालगन्ज २५ असोज : नेपालगन्ज स्थित बागेश्वरी मन्दिरको विषयमा समाचार संकलन गर्न रोक लगाइएकोछ । बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले मन्दिरको विषयमा समाचार संकलन गर्न रोक लगाएका हुन् ।
नेपालीको महान चार्ड बडादशैंको अवसरमा बागेश्वरी मन्दिरमा केहीदिन यता दर्शनार्थीको घुइचो लाग्दै आएको छ ।

समाचार संकलन गर्न बागेश्वरी मन्दिर पुगेका कान्तिपुर टेलिभिजनका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम ब्यूरो प्रमुख जे. पाण्डे र संवाददाता सविता जिसीमाथी बागेश्वरी मन्दिरका मुल महन्त योगीले रोक लगाएका हुुन् ।

सेतोखरीसंग कुरा गर्दै पत्रकार पाण्डेले भने –‘आज बिहान ७ बजेको कान्तिपुर समाचारका लागि मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्न भनि त्यहाँ गएका थियौं । टिभिमा प्रत्यक्ष प्रशारण गर्ने तयारी गर्दै गर्दा मुल महन्तले तथानाम गाली गर्दै समाचार संकलनमा रोक लगाए ।’

पत्रकार पाण्डेले भने–‘लाइभ कार्यक्रमका लागि क्यामेरा लगायतका सामाग्री तयारी अवस्थामा राख्नै लाग्दा हामी छेउ आएका महन्त योगीले पत्रकाारिता पेशालाई तथानाम गाली र लाछ्ना लगाउदै मन्दिर परिसरमा फोटो र भिडियो खिच्न रोक लगाउनुका साथै दुर्ब्यवहार पनि गरे ।’

Kanti Aarogya Hospital Nepalgunj

‘मुल महन्त आएर हामीमाथी तथानाम गाली गर्न थाले र भिडियो तथा फोटो नखिच्न भनेपछि हामीले खिच्न पाएनौं,’ पत्रकार पाण्डेले भने ‘अत्यन्त आक्रोसित बनेका मुल महन्तले पत्रकारिता पेशा र पत्रकारलाई बोलेका शब्द वर्णन नै गर्न सकिदैन ।’

दशैंका अवसरमा समाचार संकलनकै लागि मन्दिर परिसरमा पुगेका पत्रकारलाई मन्दिरको सञ्चार माध्यमले प्रचार–प्रसार गर्न जरुरी नभएको र मन्दिरको प्रचार–प्रसार गरेर केही हुनेवाला छैन, प्रचार प्रसारको कुनै औचित्य छैन भन्दै त्यहाँबाट धपाए’ मन्दिरका मुल महन्त योगीको रोक र दुबर््यवहारबाट पीडित बनेका पत्रकार पाण्डेले घटना सुनाए ।

महन्त योगीको यो शैलीले हिन्दुहरुको धार्मिक आस्थामाथीको प्रचार प्रसारमा अंकुश समेत लगाएको ठहर गरिएको छ । दशैंको अवसरमा बाँके, छिमेकी मुलुक भारत लगायत विभिन्न ठाउँबाट मन्दिर दर्शन गर्न आउँछन् ।

सरकारले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको सूचिमा समेत राखेको छ । तर, महन्त योगीको यस्तो शैलीले धार्मिक पर्यटकीय स्थल बागेश्वरीको प्रचार–प्रसार कत्तिको होला ? भन्नेमा आम नेपालगन्जबासीको चिन्ता छ ।

पत्रकारलाई समाचार संकलनमा रोक लगाइनुका साथै भएको दुबर््यवहारका विषयमा विषयमा प्रतिक्रिया लिन मुल महन्त योगीलाई सम्पर्क गर्दा उनको फोन उठेन् ।

यसअघि पनि घटस्थापनाका दिन बेलुका बागेश्वरी मन्दिर प्रवेशमा रोक लगाइएको थियो । दुर्गा मूर्ति राख्न नेपालगन्जका विभिन्न स्थानबाट कलशयात्रासहित मन्दिर पुगेका भक्तालुलाई बागेश्वरी मन्दिर परिसरमा भीडभाड भयो भन्दै रोक लगाइएको थियो ।

सोक्रममा मन्दिर परिसरमा उपस्थित भक्तालुहरुले मन्दिर भित्र प्रवेशमा रोक लगाइएपछि एकछिन वातावरण तनावग्रस्त समेत बनेको थियो ।