घान्द्रुकमा जिप दुर्घटना हुदाँ ८ जना गम्भीर घाइते


घान्द्रुकमा जिप दुर्घटना हुदाँ ८ जना गम्भीर घाइते

File Photo

नेपालगन्ज २५ असोज : कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुदाँ ८ जना गम्भीर घाइते भएका छन् । भने एकजनाको अवस्था सामान्य रहेकोछ ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार घुमघामका लागि घान्द्रुक गएको जिप दुर्घटनामा परेको हो ।

हमालका अनुसार उनीहरुलाई दुईवटा एम्बुलेन्समा राखेर थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।