पत्रकारमाथि भएको दुर्ब्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

युनियन बाँकेद्वार विज्ञप्ती जारी


पत्रकारमाथि भएको दुर्ब्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

नेपालगन्ज २५ असोज : बागेश्वरी मन्दिर परिसरमा पत्रकारमाथी भएको दुर्ब्यबहारको घटनाप्रति पत्रकारका संघ, संगठनले भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके र नेपाल प्रेस युनियन बाँकेले छुट्टा–छुट्टै विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानार्कषण भएको जनाएका हुन् ।

नेपाल पत्रकार महासंघ बाँकेले सोमबार एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि मन्दिर परिसरमा पुगेका कान्तिपुर टिभीका पत्रकार जे. पाण्डे र सबिता जिसीलाई मन्दिरका मुल महन्त चन्दननाथ योगीले गरेको दुर्ब्यबहार गरेको घटनाको निन्दा एवम भत्सर्ना गरेको हो ।

महासंघका सचिव कमल डाँगीले विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यम मार्फत नागरिकको सु–सशुचित हुन पाउने संवैधानिक अधिकार हनन् नगर्न चेतावनी दिएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘सोमबार बिहान सात बजे पत्रकारद्धय पाण्डे र जिसीले बागेश्वरी मन्दिर परिसरबाट बडा दशैंको सन्र्दभमा प्रत्यक्ष प्रशारण गर्ने क्रममा महन्तले हुलहुज्जत गर्दै अन्य व्यक्तिहरुलाई समेत बोलाएर मन्दिरबाट बाहिर निकाल्ने जस्तो निकृष्ट कार्य गर्नुभएको थियो । महन्तले समाचार संकलनमा रोक लगाउँदै हुलहुज्जत गरेपछि मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थीहरुले पत्रकारलाई जेगाएका थिए ।’ महासंघ सचिवद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेखछ ।

महासंघले बागेश्वरी मन्दिरको ऐतिहासिक महत्वका बारेमा सम्पुर्ण सञ्चारकर्मीले सहजरुपमा समाचार संकलन तथा सम्प्रेशण गर्न र नागरिकलाई सुसुचित गराउन पाउने संबैधानिक अधिकार सुनिश्चित गर्न सम्बन्धित सबैंमा जोडदार माग गरेकोछ ।

यसैबीच, नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लले विज्ञप्ती जारी गर्दै बागेश्वरी मन्दिर परिसरबाट बडा दशैंको सन्र्दभमा प्रत्यक्ष प्रशारण गर्ने क्रममा मन्दिरका मुल महन्त योगीले हुलहुज्जत गर्दै अन्य व्यक्तिहरुलाई समेत बोलाएर पत्रकारद्वय पाण्डे र जिसिलाई धकलेर मन्दिरबाट बाहिर निकाल्ने जस्तो निकृष्ट कार्यको भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएकाछन् ।

‘पवित्र धार्मिक स्थलका जिम्मेवार व्यक्तिले यस्ता महत्वपूर्ण धार्मिकस्थलको प्रचार–प्रसार गर्ने गराउने कार्यमा सहयोगी भूमिका खेल्नुको साटो पत्रकारलाई घेराउ गरि दुव्र्यवहार गर्नुका साथै पत्रकार र पत्रकारितामाथि लाछ्ना, गाली गलौच गरि उल्टो धार्मिक महत्वलाई नै संकुचित पार्ने अपमानजनक व्यवहारको युनियन बाँके निन्दा एवं भत्र्सना गर्दछ ।’ युनियन सचिव मल्लले जारी गरेको विज्ञप्तीमा उल्लेखछ । बागेश्वरी मन्दिरको ऐतिहासिक महत्वका बारेमा सम्पुर्ण सञ्चारकर्मीले सहजरुपमा समाचार संकलन तथा सम्प्रेशण गर्न र नागरिकलाई सुसुचित गराउन पाउने संबैधानिक अधिकार सुनिश्चित गर्न र गराउन प्रेस युनियन बाँके शाखा जोडदार माग गर्दछ । आगामी दिनमा पत्रकारलाई भयरहित ढंगले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न युनियन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।' विज्ञप्तीमा उल्लेखछ ।