घान्द्रुक जीप दुर्घटना : चालकसहित ८ जनाको मृत्यु


घान्द्रुक जीप दुर्घटना : चालकसहित ८ जनाको मृत्यु

File Photo

नेपालगन्ज २५ असोज : कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएकोछ । जीप दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालकसहित ८ जनाको मृत्यु भएको हो । भने एकजना बाच्न सफल भएकाछन् ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप सोमबार दिउँसो दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका थिए । भने एकजनाको अवस्था सामान्य रहेकोछ ।

कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ । त्यस्तै अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका बासिन्दा हुन् ।
दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका– ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जीप चालक दुर्घटनामा परेका हुन् ।

जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रहरीले जनकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका– ५ का ४२ वर्षीय खुसीमान क्षेत्री हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइँदै छ । दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको छ ।

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।