बैंक लुट्न आएका भारतीय लुटेरासंग बहादुरीका साथ लडेका सुरक्षागार्ड कुँवर गोली लागि गम्भीर

भारतीय लुटेराको बैंक लुट्ने प्रयास असफल, प्रहरीले गोली हानी ३ जनालाई समात्यो


बैंक लुट्न आएका भारतीय लुटेरासंग बहादुरीका साथ लडेका सुरक्षागार्ड कुँवर गोली लागि गम्भीर

नेपालगन्ज २५ असोज : मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको एक बैंक लुट्ने भारतीय लुटेरा समूहको प्रयास असफल भएकोछ ।

सोमबार दिउँसो करिब ४ बजे सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको भारतीय लुटेरा समूहलाई बैंकका सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा लुटेर समूहको गोली लागेर बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवर गम्भीर घाइते भएका छन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।

घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ । चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् । अस्पताल स्रोतका अनुसार उनको घाँटीमुनिको भागमा दुई ठाउँमा दाग छ ।

रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनले नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका थिए । लुटपाटका लागि आएको समूहले बैक भित्र दुई राउण्ड गोली चलाएको बैंक स्रोतले बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।