भारतीय लुटेराको बैंक लुट्ने प्रयास असफल, प्रहरीले गोली हानी ३ जनालाई समात्यो
नेपालगन्ज २५ असोज : मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको एक बैंक लुट्ने भारतीय लुटेरा समूहको प्रयास असफल भएकोछ ।
सोमबार दिउँसो करिब ४ बजे सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको भारतीय लुटेरा समूहलाई बैंकका सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा लुटेर समूहको गोली लागेर बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवर गम्भीर घाइते भएका छन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।
घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ । चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् । अस्पताल स्रोतका अनुसार उनको घाँटीमुनिको भागमा दुई ठाउँमा दाग छ ।
रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनले नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका थिए । लुटपाटका लागि आएको समूहले बैक भित्र दुई राउण्ड गोली चलाएको बैंक स्रोतले बताएको छ ।
लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।
उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही