नेपालगन्ज २६ असोज : बर्दियाको गेरुवा गाउँपालिकामा बाघले एक जनालाई खाएकोछ ।
बाघको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्बर–४ ढुकुनियाका ४० वर्षीय जनकबहादुर थारुलाई बाघले खाएको हो ।
सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो । खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।
पछिल्लो समय बाँके र बर्दियामा बाघ आक्रमणको घटना ह्वात्तै बढ्दै गएकोछ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको चहलपहल बढ्नुका साथै बाघ आक्रमणको घटनाले निकुञ्ज आसपास क्षेत्रका स्थानीयबासी जोखिममा परेकाछन् ।
यतिमात्र होइन केही समय अघि मात्रै दाङको रिहारदेखि अमिलियातर्फको पूर्वपश्चिम सडक क्षेत्रमा चितुवा र बाघको एक समुह नै फेला परेपछि बाँके, बर्दिया र दाङमा चितुवा र बाघको जोखिम बढेको हो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही