२४ जनाको घटना स्थलमा, ४ जनालाई ताल्चा विमानस्थल पु¥याउने क्रममा मृत्यु
नेपालगन्ज २६ असोजः मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३२ पुगेकोछ ।
बस दुर्घटनामा गम्भीर घाइते भइ मुगुबाट नेपालगन्ज उपचारका लागि ल्याइएका ४ जनासहित ३२ जनाको ज्यान गएकोछ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र नेपालगन्ज पु¥याएका थप ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या बढेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको छ । उपचारको लागि मुगुबाट नेपालगन्ज ल्याइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको हो ।
लामिछानेले भने–‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै गर्दा मृत्यु भयो । बाँकी घाइते १६ जनालाई हामीले नेपालगन्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ ।’
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगन्जमा अहिले १२ जनाको उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई जना र मेडिकल कलेज नेपालगन्जमा १० जना घाइतेको उपचार चलिरहेकोछ ।
बस दुर्घटना हुदाँ गाडीबाट ३ जनाले हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ ।नेपालगन्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो । उक्त बस मुगुको गमगढी जादैँ थियो ।
मृत्यु हुनेहरूको सनाखत हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तर, अधिकांस छायानाथ रारा नगरपालिकाकै बासिन्दा नै हुनसक्ने आशंका गरिएको छ । चालकको नाम मानबहादुर रावल भन्ने खुलेको तर अरूको खुल्न सकेको छैन ।
अरू विवरणहरू संकलन गर्ने काम प्रहरीले भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगु, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको उद्धारमा खटिएका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही