सिन्धुपाल्चोकमा १० मिनेटमै दुई पटक भूकम्प गयो


सिन्धुपाल्चोकमा १० मिनेटमै दुई पटक भूकम्प गयो

नेपालगन्ज १ कार्तिक : सिन्धुपाल्चोकमा सोमबार दिउँसो १० मिनेटकको अन्तरमा दुई पटक भूकम्प गएकोछ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटाभूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोछ ।

केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट पहिलो भूकम्प गयो भने त्यसको ठिक १० मिनेटपछि पुनः १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

यसअघि आईतबार बिहान गोरखा केन्द्र विन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।