नवलपुर बस दुर्घटनामा ४२ जना घाईते


नवलपुर बस दुर्घटनामा ४२ जना घाईते

सांकेतिक तस्विर

नेपालगन्ज १ कार्तिक : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

सोमबार बिहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको गिरीले जानकारी दिए ।