नुवाकोट बस दुर्घटना : १० जनाको अवस्था गम्भीर


नुवाकोट बस दुर्घटना :  १० जनाको अवस्था गम्भीर

नेपालगन्ज १ कार्तिक : नुवाकोटको किस्पाङ गाउँपालिका–५, माने गाउँमा भएको बस दुर्घटनामा १० जनाको अवस्था गम्भीर रहेकोछ ।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकोछ ।

नुवाकोटको काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ३० जना घाईते भएका छन् ।

बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

केही यात्रुहरु बसको छतमा रहेको र छतबाट समेत खसेको प्रहरीले जनाएको छ । छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ ।