कर्णाली र बबईमा बाढीले खतराको तह पार गरेपछि साइरन बजाइयो

सुरक्षाकर्मी र तटिय क्षेत्रका बासिन्दालाई ‘हाइ अर्लट’मा


कर्णाली र बबईमा बाढीले खतराको  तह पार गरेपछि साइरन बजाइयो

गुलरिया (बर्दिया) २ कार्तिक : बर्दियाको कर्णाली र बबई नदीमा बाढीले खतराको सतह पार गरेकोछ । अविरल वर्षाका कारण कर्णाली र बबई नदीमा आएको बाढीले खतराको संकेत पार गरेको हो ।

कर्णालीमा नदीको सतह १० मिटर भन्दामाथि र बबईमा ५ दशमलव ५ मिटर भन्दामाथी पुगेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

दुबै नदीमा पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सर्तक रहन आग्रह गरिएको उनले बताए । तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रहरीले साइरन बजाउन लगाएको छ ।
तल्लो तटीय क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तयारी अवस्थामा बसेका छन् । प्रजिअ सुनारका अनुसार कर्णालीको सतह १०.५ मिटरमाथि पुगेमा तल्लो तटिय क्षेत्रमा बाढी पस्ने खतरा हुन्छ ।

यस्तै बबईको सतह ६ मिटर पुगेमा तल्लो तटिय क्षेत्रका मानव बस्तीमा बाढी पस्ने निश्चित हुन्छ । कर्णाली र बबईमा बाढी आउँदा बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरद्वारा, बारबर्दिया, गुलरिया नगरपालिका लगायत ठाउँ जोखिममा रहेका छन् ।