सुरक्षाकर्मी र तटिय क्षेत्रका बासिन्दालाई ‘हाइ अर्लट’मा
गुलरिया (बर्दिया) २ कार्तिक : बर्दियाको कर्णाली र बबई नदीमा बाढीले खतराको सतह पार गरेकोछ । अविरल वर्षाका कारण कर्णाली र बबई नदीमा आएको बाढीले खतराको संकेत पार गरेको हो ।
कर्णालीमा नदीको सतह १० मिटर भन्दामाथि र बबईमा ५ दशमलव ५ मिटर भन्दामाथी पुगेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
दुबै नदीमा पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सर्तक रहन आग्रह गरिएको उनले बताए । तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रहरीले साइरन बजाउन लगाएको छ ।
तल्लो तटीय क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तयारी अवस्थामा बसेका छन् । प्रजिअ सुनारका अनुसार कर्णालीको सतह १०.५ मिटरमाथि पुगेमा तल्लो तटिय क्षेत्रमा बाढी पस्ने खतरा हुन्छ ।
यस्तै बबईको सतह ६ मिटर पुगेमा तल्लो तटिय क्षेत्रका मानव बस्तीमा बाढी पस्ने निश्चित हुन्छ । कर्णाली र बबईमा बाढी आउँदा बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरद्वारा, बारबर्दिया, गुलरिया नगरपालिका लगायत ठाउँ जोखिममा रहेका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही