बाढी–पहिरोले प्रदेश १ मा २२ जनाको ज्यान गयो


बाढी–पहिरोले प्रदेश १ मा २२ जनाको ज्यान गयो

नेपालगन्ज ३ कार्तिक : अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण प्रदेश १ को पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।