पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु


पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

File Photo

नेपालगन्ज ३ कार्तिक : हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ ।

पहिरोमा पुरिएर धनवीरेसहित उनका छोरा ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही तथा कलबहादुरका छोराहरू १३ वर्षीय अजेन्द्र, पाँच वर्षीय भुमेश र तीन वर्षीय जसबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेमन्त शर्माले पहिरोमा पुुरिएका ६ जनाकै शव भेटिएको जानकारी दिए ।