File Photo
नेपालगन्ज ३ कार्तिक : हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण पहिरो जाँदा मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ ।
पहिरोमा पुरिएर धनवीरेसहित उनका छोरा ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही तथा कलबहादुरका छोराहरू १३ वर्षीय अजेन्द्र, पाँच वर्षीय भुमेश र तीन वर्षीय जसबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेमन्त शर्माले पहिरोमा पुुरिएका ६ जनाकै शव भेटिएको जानकारी दिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही