नेपालगन्ज ३ कार्तिक : मनसुन बाहिरिएपछिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशभर ३० जनाको मृत्यु भएको छ ।
वर्षाजन्य विपदबाट विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म प्राप्त जानकारी अनुसार बाढी, पहिरो र डुवानमा परि ३० जनाको मृत्यु भइसकेकोछ । भने ३२ जना बेपत्ता र १२ जना घाइते रहेको केन्द्रले जनाएको छ ।
विभिन्न जिल्लामा फसेका नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७ सय जनालाई उद्धार गरी सुरक्षित ठाउँमा पु¥याइएको गृह मन्त्रालयले जनाएको छ ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको छ । यसअघि सोमबार आएको बाढी, पहिरोमा ६ जनाको मृत्यु भएको गृह मन्त्रालयमा रिपोर्टिङ भएको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही