नेपालगन्ज ३ कार्तिक : अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानमा परि सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएकोछ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार अहिलेसम्म २८ जना बेपत्ता छन् ।
प्रहरीका अनुसार डोटीमा नौ जना, डडेलधुरामा दुई जना र बैतडीमा चार जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर बझाङ, डोटी र कैलालीमा गरेर २८ जना बेपत्ता भएका हुन् ।