कर्णाली नदीमा माछा मार्न गएका तीन जनाको सकुशल उद्दार


कर्णाली नदीमा माछा मार्न गएका तीन जनाको सकुशल उद्दार

नेपालगन्ज ३ कार्तिक : कर्णाली नदीमा माछा मार्न गएर सम्पर्कविहीन बनेका तीन जनाको सकुशल उद्दार गरिएकोछ । कैलालीका तीन जनाको सकुशल उद्दार गरिएको छ हो ।

सोमबार माछा मार्न भनेर कर्णाली नदीमा गएका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडकबहादुर घर्ती मगर, ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक डाला मगरको उद्दार गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु तीनैजनाको आज जानकी गाउँपालिका–९ र बर्दियाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट सकुशल उद्दार गरिएको हो ।