मेरापिक क्षेत्रमा गएका भरियाको लेक लागेर मृत्यु


मेरापिक क्षेत्रमा गएका भरियाको लेक लागेर मृत्यु

सोलुखुम्बु ३ कार्तिक : मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।
सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ ।

पर्यटकको भरियाका रूपमा गएको बुझिए पनि कुन कम्पनीबाट गएको भन्नेबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

घटनास्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्कसमेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाइ छ । -रासस