नेपालगन्ज ४ कार्तिक : बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट देशभर ९२ जनाको मृत्यु भएकोछ ।
असोज ३१ देखि शुरु भएको वर्षाका कारण आज(बिहीबार) दिउँसोसम्म ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण मात्रै अझैं ४२ जना सम्पर्कविहीन छन् ।
सबैभन्दा धेरै प्रदेश–१ मा ५३ जना र सुदूरपश्चिममा ३० जनाको ज्यान गएको छ । कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।