बाढी–पहिरोले क्षती पुर्‍याएको स्थलगत जानकारी लिन प्रधानमन्त्री देउवा बझाङ पुगे


बाढी–पहिरोले क्षती पुर्‍याएको स्थलगत जानकारी लिन प्रधानमन्त्री देउवा बझाङ पुगे

नेपालगन्ज ४ कार्तिक : अविरल वर्षासँगै आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे स्थगलगत जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला बझाङ पुगेका छन् ।

गृहप्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमतिर लागेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिम गएका उनी यति बेला बझाङको चैनपुर पुगेर जानकारी लिइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि, बाढि–पहिरोले पु¥याएको क्षतिबारे स्थगलगत जानकारी लिनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका प्रधानमन्त्रीले विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै बाढी पहिरोबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बताएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको बताउँदै उनले भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने उल्लेख गरे ।

उनले अगाडी भने, ‘मृतकका परिवारलाई राहतको घोषणा गरिसकेका छौं, भौतिक क्षतिको मुल्यांकन गरेर थप राहत उपलब्ध गराउँछौं ।’ बाढी पहिरोका कारण भएको क्षतिको पुनःनिर्माणको काम पनि तत्कालै अघि बढाइने देउवाले बताए ।

बालुवाटारबाट हेलिकप्टरमार्फत प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिम भ्रमणमा निस्केका हुन् । देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायत पनि रहेको बताइएको छ । टोली बझाङ, बैतडी लगायत जिल्ला पनि पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्कने बताइएको छ ।