बाढी–पहिरो अपडेट : १११ ज्यान गुमाए, ४४ वेपत्ता

बाढी, पहिरो र डुवानबाट ३७ जना घाइते


बाढी–पहिरो अपडेट : १११ ज्यान गुमाए, ४४ वेपत्ता

नेपालगन्ज ५ कार्तिक: बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

विभिन्न जिल्लामा बाढी–पहिरो जाँदा अहिलेसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म देशभर बाढि, पहिरो र डुवानबाट १११ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । ‘४४ जना वेपत्ता छन् । ३७ जना घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको टोलीले खोजीकार्य जारी राखेको छ,’ प्रवक्ता कुँवरले भने ।

सोमबारदेखिको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेका छन् ।