बाढी, पहिरो र डुवानबाट ३७ जना घाइते
नेपालगन्ज ५ कार्तिक: बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १११ पुगेको छ ।
विभिन्न जिल्लामा बाढी–पहिरो जाँदा अहिलेसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म देशभर बाढि, पहिरो र डुवानबाट १११ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । ‘४४ जना वेपत्ता छन् । ३७ जना घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको टोलीले खोजीकार्य जारी राखेको छ,’ प्रवक्ता कुँवरले भने ।
सोमबारदेखिको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही