नेपालगन्ज ७ कार्तिक : बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोमा परेर देशभर मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् ।
प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।