तुलसीपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते


तुलसीपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते

File Photo

नेपालगन्ज ७ कार्तिक : दाङको तुलसीपुरस्थित मोतिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर २० जना घाइते भएका छन् ।

दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ बर्षीय प्रेम परियारको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

परियारलाई दुर्घटनापछि बसले च्यापेको थियो । उनलाई जेसिभीको सहायताले उद्धार गरेर अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

घोराहीबाट तुलसीपुरतर्फ गइरहेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ५ बजेतिर दुर्घटना भइ सडकदेखि तल खसेरको थियो । चालकले ओरालोमा ब्रेक लगाउँदा स्टेरिङमा आएको समस्याका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।