File Photo
नेपालगन्ज ७ कार्तिक : दाङको तुलसीपुरस्थित मोतिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर २० जना घाइते भएका छन् ।
दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ बर्षीय प्रेम परियारको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
परियारलाई दुर्घटनापछि बसले च्यापेको थियो । उनलाई जेसिभीको सहायताले उद्धार गरेर अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।
घोराहीबाट तुलसीपुरतर्फ गइरहेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ५ बजेतिर दुर्घटना भइ सडकदेखि तल खसेरको थियो । चालकले ओरालोमा ब्रेक लगाउँदा स्टेरिङमा आएको समस्याका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही