सिनामंगलमा सिआइबीको छापा, ११ अफगानी नागरिक नियन्त्रण

देशका दक्षिणी सीमानाकाको सुरक्षा कडा पारियो


सिनामंगलमा सिआइबीको छापा, ११ अफगानी नागरिक नियन्त्रण

नेपालगन्ज ८ कार्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाण्डौंको सिनामंगलमा छापा हानेकोछ । सिआइबीले छापा हानेर सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरोले जनाएकोछ ।

उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानूनी रूपमा नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि प्रशासनले थाहा पाएको थिएन । ढिलो गरी सूचना पाएपछि गृह मन्त्रालयले आईतबार बेलुका भारतसँगको सीमा नाका लगायतबाट हुने शरणार्थीको गैरकानूनी आगमनलाई कडाइ गर्न मातहतका प्रशासनलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारिएको छ ।