राप्ती नदीमा हाम फालेर आत्महत्या


राप्ती नदीमा हाम फालेर आत्महत्या

नेपालगन्ज ९ कार्तिक : बाँकेको राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका – ३ की २० वर्षीया दिपा थारुले नदीमा हाम फालेकी हुन्। प्रहरी प्रवक्ता न्यौपानेले श्रीमान र श्रीमतीका बीचमा झगडा भएपछि दिपाले राती दुई बजे राप्ती नदीको सिधनियाघाट पुलबाट हाम फालेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

दिपाको शव बिहान भेटिएको थियो । प्रहरीले घटनाकाबारेमा अनुसन्धान शुरु गरेको बताएको छ ।