रुद्रवीरको घरमा भइरहेको जुवाखालमा प्रहरीको छापा, तीन लाखसहित ६ जना नियन्त्रण


रुद्रवीरको घरमा भइरहेको जुवाखालमा प्रहरीको छापा, तीन लाखसहित ६ जना नियन्त्रण

File Photo

नेपालगन्ज ९ कार्तिक : बाँके प्रहरीले जुवाखालमा छापा हान्दा नगदसहित ६ जनालाई नियन्त्रणमा लिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुरमा जुवा खेलीरहेको अवस्थामा जुवाखालमा छापा हानिएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर–८ पिपरी स्थित रुद्रविर खड्काको घरमा ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीलले मङ्गलबार विहान १ बजे छापा हानेको हो । प्रहरीले खड्काको घरमा हारजितको जुवा खेलिरहेको अवस्थामा छापा हान्दा नगद तीन लाख ४९ हजार ७०५ रुपैयाँ, दुई गड्डी तास, जुवा खेल्न बिच्छाइएको चटई (गुन्द्री) र ६ जना जुवाडेलाई नियन्त्रणमा लिन सफल भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जुवाखालबाट नियन्त्रणमा लिइएका ६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । यद्यपी प्रहरीले जुवाडेको नाम भने खुलाएको छैन ।

पछिल्लो समय चाडबाड भित्रिएसंगै जिल्लामा जुवा खेल्ने र खेलाउनेको संख्या बढेकोछ । चाडबाड लक्षित बाँके प्रहरीको सुरक्षा योजनामा जुवातास निस्तेज पार्ने अभियान समेत रहेको र सोही अनुरुप प्रहरीले आफ्नो सक्रियता बढाएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानले जानकारी दिए ।