File Photo
नेपालगन्ज ९ कार्तिक : बाँके प्रहरीले जुवाखालमा छापा हान्दा नगदसहित ६ जनालाई नियन्त्रणमा लिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको कोहलपुरमा जुवा खेलीरहेको अवस्थामा जुवाखालमा छापा हानिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर–८ पिपरी स्थित रुद्रविर खड्काको घरमा ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीलले मङ्गलबार विहान १ बजे छापा हानेको हो । प्रहरीले खड्काको घरमा हारजितको जुवा खेलिरहेको अवस्थामा छापा हान्दा नगद तीन लाख ४९ हजार ७०५ रुपैयाँ, दुई गड्डी तास, जुवा खेल्न बिच्छाइएको चटई (गुन्द्री) र ६ जना जुवाडेलाई नियन्त्रणमा लिन सफल भएको हो ।
जुवाखालबाट नियन्त्रणमा लिइएका ६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । यद्यपी प्रहरीले जुवाडेको नाम भने खुलाएको छैन ।
पछिल्लो समय चाडबाड भित्रिएसंगै जिल्लामा जुवा खेल्ने र खेलाउनेको संख्या बढेकोछ । चाडबाड लक्षित बाँके प्रहरीको सुरक्षा योजनामा जुवातास निस्तेज पार्ने अभियान समेत रहेको र सोही अनुरुप प्रहरीले आफ्नो सक्रियता बढाएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानले जानकारी दिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही