प्रतिकात्मक तस्विर
बैतडी ११ कार्तिक : महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही