रुपैडिहाबाट जुत्तामा लुकाएर ब्राउनसुगर तस्करी


रुपैडिहाबाट जुत्तामा लुकाएर ब्राउनसुगर तस्करी

नेपालगन्ज १२ कार्तिक : बाँके प्रहरीले ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यसरी पक्राउ पर्नेमा दाङका २ जना युवा रहेकाछन् ।

भारतीय बजार रुपैडिहाबाट तीन ग्राम दुई सय पचास मिलिग्राम ब्राउन सुगर बोकेर नेपालगन्ज भित्रिएका ती २ युवालाई जमुनाह नाकामा रहेको प्रहरी र लागुऔषध ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

ब्राउनसुगर सहित पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षिय प्रकास विक र २६ वर्षिय समीर विक रहेकाछन् ।

रुपैडिहाबाट जुत्ता भित्र लुकाएर ब्राउनसुगर ल्याएका विकद्वयलाई प्रहरी र ब्यूरोले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्ला दिनमा बाँकेमा विभिन्न जिल्लाबाट नेपालगन्ज आएर रुपैडिहाबाट लागुऔषध ओसारपसार भइरहेको छ ।