नेपालगन्ज १२ कार्तिक : बाँके प्रहरीले ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यसरी पक्राउ पर्नेमा दाङका २ जना युवा रहेकाछन् ।
भारतीय बजार रुपैडिहाबाट तीन ग्राम दुई सय पचास मिलिग्राम ब्राउन सुगर बोकेर नेपालगन्ज भित्रिएका ती २ युवालाई जमुनाह नाकामा रहेको प्रहरी र लागुऔषध ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।
ब्राउनसुगर सहित पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षिय प्रकास विक र २६ वर्षिय समीर विक रहेकाछन् ।
रुपैडिहाबाट जुत्ता भित्र लुकाएर ब्राउनसुगर ल्याएका विकद्वयलाई प्रहरी र ब्यूरोले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्ला दिनमा बाँकेमा विभिन्न जिल्लाबाट नेपालगन्ज आएर रुपैडिहाबाट लागुऔषध ओसारपसार भइरहेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही