जुवाखालमा प्रहरीको छापा : भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटने रातवसहित एमाले र काँग्रेस नेता पक्राउ


जुवाखालमा प्रहरीको छापा : भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटने रातवसहित एमाले र काँग्रेस नेता पक्राउ

नेपालगन्ज १३ कार्तिक : प्रहरीले जुवाखालमा छापा हान्दा नगदसहित एमाले र काँग्रेस नेता पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरस्थित एक घरमा छापा हान्दा एमाले र काँग्रेसका नेतासहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएकोछ ।

पक्राउ पर्नेमा एमाले र काँग्रेसका नेता समेत रहेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार दिउँसै पक्राउ गरेको हो । पक्राउ पर्नेमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नम्बर ३ का इञ्चार्ज मानबहादुर रावत समेत रहेका छन् । रावतले केही समयअघि भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि हातपात समेत गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा शुक्रबार अपरान्ह ४ बजेतिर कौडा खेलिरहेको अवस्थामा छापा हान्दा रावतसहित ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेश काफ्लेले बताए ।

उनीहरुको साथबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद जानकारी दिए । उनले भने, ‘पक्राउ पर्नेमा दाङ निवासी एमाले नेता मानबहादुर रावत, काँग्रेस नेता दीपु गिरी, सुरेन्द्र हमाल लगायत ८ जना छन्, यि मध्ये केही जुवाडे पटके पनि हुन् ।’

Kids Festival 2022
kanti aarogya hospital

पक्राउ परेकालाई सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु गरिएको बताइएको छ ।