कोहलपुरको सागर गेष्ट हाउसबाट चितुवाको छाला र हड्डी सहित तीन जना पक्राउ


कोहलपुरको सागर गेष्ट हाउसबाट चितुवाको छाला र हड्डी सहित तीन जना पक्राउ

नेपालगन्ज १३ कार्तिक : ईलाका प्रहरी कार्यालय कोहलपुर चितुवाको छाला र हड्डीसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएकोछ ।

कोहलपुर स्थित सागर गेष्ट हाउसमा चितुवाको छाला ओसारपसार भइरहेको गोप्य सूचना पाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले उक्त गेष्टहासउमा गई खोजतलास गर्दा चितुवाको छाला र हड्डीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ मा चितुवाका छाला र हड्डीलिएर बसेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ ढकेरी बस्ने ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका वडा नम्बर–७ बस्ने २४ वर्षिय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षिय बसन्त विसीलाई नियन्त्रणमा लिएकोछ ।

प्रहरी नियन्त्रणमा परेका ती तीनजनाका साथबाट चितुवाको छाला एक था र एक लिो ४० ग्राम हड्डी बरामद भएको छ । पक्राउ परेका तीनैजना युवालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकोछ ।