नेपालगन्ज १३ कार्तिक : ईलाका प्रहरी कार्यालय कोहलपुर चितुवाको छाला र हड्डीसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएकोछ ।
कोहलपुर स्थित सागर गेष्ट हाउसमा चितुवाको छाला ओसारपसार भइरहेको गोप्य सूचना पाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले उक्त गेष्टहासउमा गई खोजतलास गर्दा चितुवाको छाला र हड्डीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ मा चितुवाका छाला र हड्डीलिएर बसेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ ढकेरी बस्ने ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका वडा नम्बर–७ बस्ने २४ वर्षिय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षिय बसन्त विसीलाई नियन्त्रणमा लिएकोछ ।
प्रहरी नियन्त्रणमा परेका ती तीनजनाका साथबाट चितुवाको छाला एक था र एक लिो ४० ग्राम हड्डी बरामद भएको छ । पक्राउ परेका तीनैजना युवालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही