रेड पाण्डा ओसार पसार मुद्दाको फरार प्रतिवादी ओली पक्राउ


रेड पाण्डा ओसार पसार मुद्दाको फरार प्रतिवादी ओली पक्राउ

नेपालगन्ज १४ कार्तिक : रेड पाण्डा ओसार पसार मुद्दाको फरार प्रतिबादी पक्राउ परेका छन् । बाँकेको बैजनाथा गाउँपालिका –६ बस्ने ४२ वर्षिय नर बहादुर ओलीलाई पक्राउ गरिएको हो ।

रेड पाण्डा ओसार पसार मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष असोज २ गते ओलीलाई ५ वर्ष ५ महिना र १४ दिन कैद तोकेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

अदालतबाट कैद सजाय तोकिएका ओली फरार रहेका थिए । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएकोछ ।