जुवाखालबाट एक भारतीयसहित २ जना नियन्त्रणमा


जुवाखालबाट एक भारतीयसहित २ जना नियन्त्रणमा

नेपालगन्ज १५ कार्तिक : बाँकेको खजुरा गाउँपालिका–२, ‘ए’ गाउँमा भइरहेको जुवाखलामा प्रहरीले छापा हान्दा एक भारतीय नागरिकसहित २ जनालाई नियन्त्रणमा लिइएकोछ ।

आईतबार राती ‘ए’ गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएको ईलाका प्रहारी कार्यालय धनौलीले छापा हान्दा भारतीय नागरिकसहित एक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बहराईच जिल्लाको रुपैडिहा बस्ने ४० वर्षिय राधे बर्मा र जानकी गाउँपालिका वडा नम्बर–३ बस्ने २८ वर्षिय असोक बर्मालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट प्रहरीले ६० हजार ५ सय नगर रकम र १८ गड्डी तास फेला पारेको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएकोछ ।