बाल यौन दुरुपयोग मुद्दामा खजुराका सुमन पक्राउ


बाल यौन दुरुपयोग मुद्दामा खजुराका सुमन पक्राउ

नेपालगन्ज १५ कार्तिक : जिल्ला प्रहरी कार्यालय बाँकेले बाल यौन दुरुपयोग मुद्दामा फरार एक प्रतिबादीलाई पक्राउ गरेकोछ ।

बाल यौन दुरुपयोग मुद्दामा सजाय फैसला भएपछि फरार रहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ मनकामनाका २३ वर्षिय सुमन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला अदालत बाँकेले २०७६ मंसिर ३ गते सुमनलाई ५ महिना ६ दिन कैद फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै फरार रहेका सुमनलाई बाँके प्रहरीले दुई वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका सुमनलाई आवश्यक कारबाहीका लागि आज(सोमबार) नै जिल्ला अदालत बाँकेमा बुझाइएको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकरी दिए ।