नेपालगन्ज १५ कार्तिक : जिल्ला प्रहरी कार्यालय बाँकेले बाल यौन दुरुपयोग मुद्दामा फरार एक प्रतिबादीलाई पक्राउ गरेकोछ ।
बाल यौन दुरुपयोग मुद्दामा सजाय फैसला भएपछि फरार रहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ मनकामनाका २३ वर्षिय सुमन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले २०७६ मंसिर ३ गते सुमनलाई ५ महिना ६ दिन कैद फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै फरार रहेका सुमनलाई बाँके प्रहरीले दुई वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेका सुमनलाई आवश्यक कारबाहीका लागि आज(सोमबार) नै जिल्ला अदालत बाँकेमा बुझाइएको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकरी दिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही