रोल्पा बस दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते


रोल्पा बस दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते

प्रतिकात्मक तस्विर

नेपालगन्ज २ मंसिर : रोल्पाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको यात्रुवाहक बस जलजलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । भने दुर्घटनामा १७ जनाको घाइते भएकाछन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी गाउँपालिका–४ जलजला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकबाट ३० मिटरजति तल खसेको थियो ।