एपिएफद्वारा लाखौं मूल्यको अबैध लत्ताकपडा बरामद


एपिएफद्वारा लाखौं मूल्यको अबैध लत्ताकपडा बरामद

नेपालगन्ज ६ मंसिर : सशस्त्र प्रहरीले ठूलो मात्रामा अबैध लत्ताकपडा बरामद गरेकोछ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट खटेको सशस्त्र प्रहरीको टोलीले बाँकेको खजुराबाट भन्सार छली ल्याएको उक्त अबैध लत्ताकपडा बरामद गरेको हो ।

बागेश्वरी वणका सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाटको कमाण्डमा गएको टोलीले भारतबाट भन्सार छली गरि खजुरा हुँदै नेपालगन्ज ल्याउँदै गरेको ठूलो परिमाणको अबैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

बिशेष सूचनाका आधारमा सोमबार बिहान ४ बजे सहायक निरीक्षक भाटको कमाण्डमा गएको टोलीले खजुरा गाउँपालिका वडा नम्बर–७ सिमलघारीबाट नेपालगन्ज ल्याउदै गरेको उक्त समान बरामद गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए । उनले भने– भारतबाट लुकाईछिपाई खजुराको सिमलघारीबाट नेपालगन्ज ल्याउँदै गरेको उक्त सामानको अन्दाजी मूल्य ५ लाख ५८ हजार रुपैयाँ रहेकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

सशस्त्र प्रहरी उपरीक्षक बमका अनुसार बरामद गरिएका अबैध लत्ताकपडामा २ लाख ८८ हजार रुपैयाँ बराबरको सुटपाइन्टको २८८ थान कपडा र २ लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस बिवाहामा लगाउने साडी रहेका छन् । बरामद गरिएका सबै अबैध लत्ताकपडालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।